कैलालीमा रुखमा बाँधेर जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

<span class='c1'>कैलालीमा रुखमा बाँधेर जबरजस्ती</span> <span class='c2'>करणी गर्न खोज्ने पक्राउ</span>

धनगढी, ४ जेठ । एक महिलालाई बीच जंगलमा रुखमा बाँधेर जबरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–८ लोहरपुरका मनिश चौधरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार गत फागुन १८ गते दिउँसो कैलारी गाउँपालिका ६ मसुरिया र कनरीबीचमा रहेको भरताल वनमा एक महिलालाई डर धम्की देखाउँदै रुखमा बाँधेर जबरजस्तीकरणी गर्न खोज्ने चौधरी पक्राउ परेका हुन् । उनलाई प्रहरी शुक्रबार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट पक्राउ गरेको हो ।

घटनाका पीडित महिलालाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक बस्नेतले भने–‘मनिष चौधरीले पीडित महिलालाई धारिलो हतियार चक्कु देखाइ डर त्रासमा पारी जबरजस्ती जंगलभित्र लगेका थिए । पीडितले लगाएको सम्पूर्ण कपडाहरू खोल्न लगाए । पीडितकै ब्राले पीडितको हात पछाडि बाँधे । अनि आफूले लगाएको बेल्टले रुखमा पीडितको घाँटी बाँधी जबरजस्ती करणी गर्न लाग्दा पीडितले आफ्नो साइकल सडक छेउमै रहेको र पर्समा पैसा समेत छ भनेपछि निज व्यक्ति साइकल, मोबाइल र पैसा लिन गएको मौका छोपी भाग्न सफल भएकी हुन् ।’

प्रहरीमा उजुरी परेपछि पीडितले प्रयोग गर्दै आएको तथा पीडितबाट लुटिएको मोबाइलबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । पीडितलाई जबरजस्ती करणी गर्न खोज्ने क्रममा चोरी गरी लगेको हुवाइ कम्पनीको मोबाइल बरामद गरेको बताउँदै उनले थप अनुसन्धान कार्य भइरहेको जनाए । उनी विरुद्ध जबरजस्ती उद्योग अन्तरगत मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

त्यस्तै २० वर्षीया युवतीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले धनगढीबाट एक जनालाई समेत पक्राउ गरेको छ । युवतीको कोठामै प्रवेश गरी जबरजस्तीकरणी गर्न खोजेको आरोपमा प्रहरीले डोटीको शिखर नगरपालिका ५ का ४५ वर्षीय धनकुमार जोशीलाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका–५ हसनपुरका स्थानीय दिपक मल्लको घरमा डेरा गरी बस्दै आएका जोशीले करणी गर्न खोजेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्