सरकारले स्वतन्त्र प्रेस र मानव अधिकार कुण्ठित पार्न खोजेको देउवाको आरोप

सरकारले स्वतन्त्र प्रेस र मानव अधिकार कुण्ठित पार्न खोजेको देउवाको आरोप

विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस र मानव अधिकार कुण्ठित पार्न खोजेको देउवाको आरोप लगाउनु भएको छ । सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास पास हुन नदिने बताउनुभयो ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्ने कांग्रेसको अडान रहेको जानकारी दिए । सभापति देउवाले सरकारले जर्बजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुनै नदिने स्पष्ट पार्नु भयो ।
देउवाले भन्नुभयो, ‘पत्रकार आंफै जे पायो त्यही लेख्न पाउँदैनन् भन्दै विधेयक ल्याएका छन् तर उनीहरु आफैंले बुझ्ने कुरा हो के लेख्ने न लेख्ने ? सरकारले भन्नै पर्दैन । पत्रकारले जे पनि लेख्न पाउँछन ।’
अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उहाँले सकारको कामकार्वाही हेर्ने हो भने डेढ वर्षमा केही नै नभएको टिप्पणी गर्नुभयो ।
विपक्षीलाई प्रधानमन्त्रीले गर्ने व्यवहारबारे पत्रकारले सोधेको प्रश्नमा देउवाले प्रधानमन्त्री जे पायो त्यही बोल्दै हिंडेको भन्दै त्यस्तो व्यवहार आफैंले सुधार गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्