विराटनगर महानगरपालिका वैशाख मसान्तसम्ममा लक्ष्यअनुसार राजस्व उठाउन असफल

विराटनगर महानगरपालिका  वैशाख मसान्तसम्ममा लक्ष्यअनुसार राजस्व उठाउन असफल

विराटनगर, ५ जेठ । प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ । महानगरले लक्ष्यको आधामात्र राजस्व उठाएको छ । महानगरपालिकाले यो अवधिमा ५६ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, चालू आवको १० महिनामा २६ करोड ३ लाख ८५ हजार रुपैयाँ मात्र राजस्व उठाएको छ ।

महानगरले १ करोड ४७ लाख सिफारिश दस्तुरबाट, सवारीसाधन करबाट ७० लाख, सरकारी सम्पत्ति बहालबाट ३५ लाख र सम्पति करबाट ६ करोड ६३ लाख राजस्व उठाएको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए ।

जनप्रतिनिधि आएपछि चालू आवदेखि वडा वडालाई नै राजस्व उठाउन महानगरले अधिकार विनियोजन गरेको थियो, जसमा सबैभन्दा बढी वडा नम्बर ९ ले राजस्व उठाउन सफल भएको छ । वडा नम्बर ९ ले २ करोड ३८ लाख राजस्व उठाएको छ । वडा नम्बर १८ ले ९ लाख मात्र उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्