किन रोए, विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालयको गेटमा पत्रकार !(भिडियाे सहित)

किन रोए,  विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालयको गेटमा पत्रकार !(भिडियाे सहित)

विराटनगर, ५ जेठ ।
जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी पत्रकारको रुवाबासी चलेको छ ।

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि बिधेयक फिर्ता गर्नु पर्ने आन्दोलनका कार्यक्रम अनुसार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडी रँदै धर्ना दिएका हुन् । नेपाल प्रेस युनियनको आयोजनामा धर्नामा बसेका पत्रकाहरुले सरकारले ल्याएको बिधेयक फिर्ता गर्न माग समेत गरेका छ ।
जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिँदै पत्रकारहरु डाको छाडेर रोएका थिए । धर्ना पछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरेले बिधेयक पत्रकारलाई नियमन गर्नभन्दा पनि नियन्त्रण मुखी भएर आएको आरोप लगाए । उनले पत्रकारलाई थुन्नु नै पर्छ भन्ने उदेश्यले अभिप्रेरित भएर मिडिया काउन्सिल सम्बन्धि बिधेयक आएकोले तत्काल यो बिधेयक फिर्ता गर्न माग गरे ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष बिक्रम लुईटेलले  मिडिया काउन्सिल सम्बन्धि विधेयकमा ल्याईएकाे जरिवाना सम्बन्धि ब्यवस्था नै गलत भएकाे बताए । यनले कुन कसुरमा कस्ताे दण्ड भन्ने स्पष्ट ब्यवस्था नभएकाे बताए । कार्यक्रममा प्रेस युनियनका जिल्ला सचिव कुमार लुईटेलले धर्ना कार्यक्रमकाे बारेमा धारणा राखेका थिए । पत्रकारहरुले ११ बजे पछि जिल्ला प्रशासन कार्यालयमा रुँदै धर्ना दिएका थिए ।

https://www.facebook.com/ourbrt/videos/776239442794043/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्