धनकुटामा बहिनी जिस्काएको निहुँमा एक युवकले आफ्नै साथीको हत्या गरे

धनकुटामा बहिनी जिस्काएको निहुँमा एक युवकले आफ्नै साथीको हत्या गरे

कविराज घिमिरे

धनकुटा, जेठ ५ । बहिनी जिस्काएको निहुँमा धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् ।

महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ वर्षीय सन्तोष लिम्बुको हत्या गरेका हुन् । घनेन्द्रले धारिलो हतियार प्रयोग गरी सन्तोषको हत्या गरेका प्रहरीले जनाएको छ ।

सन्तोष र घनेन्द्र वैशाखे पूर्णिमाको अवसरमा साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा सँगै खानपिन गरि रातभर नाँचगान गरेका थिए । बिहानीपख आफ्नो बहिनीलाई आँखा लगाएको आरोपमा घनेन्द्रले सन्तोषलाई छुरा प्रहार गरेका थिए । सन्तोषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्