पूर्व भलिवल प्रशिक्षकको गुम्यो दुवै मृगौला, विराटनगरकाे नाेवेल अस्पतालमा उपचार हुँदै

पूर्व भलिवल प्रशिक्षकको गुम्यो दुवै मृगौला, विराटनगरकाे नाेवेल अस्पतालमा उपचार हुँदै

विराटनगर, ५ जेठ । कानेपोखरी गाउँपालिका वाड नम्बर १ का पूर्व भलिवल प्रशिक्षक केदार कट्वालको २ वटै मिर्गौलाले काम गर्न छाडेपछि उनी अस्पताल भर्ना भएका हुन् ।

विराटनगरको नोबेल टिचिङ हस्पिटलमा डाईलासिस गरिरहेका कट्वालको दुवै मृगौला फेर्न १२ देखी १५ लाखसम्म लाग्ने चिकित्सकहरुले बताएका छन् । कट्वाललाई हप्तामा २ चोटी डाईलासिस गर्नुपर्ने हुन्छ । एक पटक डाईलासिस गर्दा १२ हजारसम्म खर्च हुने गरेको कट्वालकी श्रीमती देवीमाया कट्वालले बताईन् । अहिलेसम्म ६ लाख बढी खर्च भईसकेको कट्वालको भनाई छ । ‘श्रीमान्को उपचारको लागि घरमा भएका गाई वस्तुदेखि गरगहना सबै बेची सक्यौँ’, ‘अब सम्पत्तीको नाउँमा २ कठ्ठा जमिन छ, त्यो पनि बैकको नाउँमा छ ।

एक छोरा एक छोरी रहेका मध्ये अहिले छोरा वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । छोरोले कमाएको पैसा पनि सबै बुबाको उपचारमा नै खर्च हुने गरेको देवीमायाले बताईन् ।
‘श्रीमान्को किड्नी फेर्न मन छ, मेरो किड्नी मिल्यो भने म आफै दिन तयार छु उनले भनिन् तर अहिले आफूसँग अलि अलि भएको पैसा पनि डाईलासिस गर्दा गर्दै सकियो ।’

अहिले सामाजिक संघ सस्थाहरुलाई आफ्ना श्रीमान्को किड्नी फेर्न कट्वालकी श्रीमतीले यचना मागेका छिन् । यता हस्पिटलको तर्फबाट भने ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्