विराटनगमा प्रदेश १ भित्रका १२ जना अपांगता भएका ब्यक्तिलाई कृतिम सामग्री हस्तान्तरण

विराटनगमा प्रदेश १  भित्रका १२ जना अपांगता भएका ब्यक्तिलाई कृतिम सामग्री हस्तान्तरण

विराटनगर, ५ जेठ ।  प्रदेश १ सामाजिक विकास मन्त्रालयको सहयोगमा सिबिआरले विभिन्न १२ जना अपांगता भएकालाई कृतिम सामग्री हस्तान्तरण गरेको छ।

मन्त्रालयले आइतबार एक कार्यक्रम गरी शारीरिक अपांगता भएकी इलामको माङ्सेवुङ ४ सिङ्फेरे गाउँमा जन्मिएकी मनिहाङ्मा साम्बालाई कृतिम खुट्टा, मोरङ रंगेलीका कमल हस्तालाई ह्रवील चियर, सुनसरी इनरुवाका सुस्त मनस्थिति भएका चन्द्र शेखर महतो, मनिका कट्वाललाई विशेष कुर्सी, विवेक श्रेष्ठलाई कृतिम सहयोगी हात, झापाकी स्मारिका राई, मोरङ पथरीकी एकता बराल र मोरङका कृष्ण श्रेष्ठलाई कृतिम खुट्टा, धकुटाका जोन अधिकारीलाई विशेष जुत्ता, रंगेलीका वरुण मण्डललाई तीन चक्के ट्राइसाइकल, कल्पना साहलाई वाकर र ७५ वर्षीय माधव घिमिरेलाई सहयोगी लौरो प्रदान गरिएको हो।

उनीहरू सबैलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाग्री हस्तान्तरण गर्नुभयाे ।  अपांगता भएकी इलामको माङ्सेवुङ ४ सिङ्फेरेकी मनिहाङ्मा साम्बाको मन्त्री घिमिरेले उच्च शिक्षासम्म पठन–पाठन र अन्य सम्पूर्ण खर्च व्यहोर्नेगरी गत वर्ष साम्बाको अभिभावकत्व ग्रहण गर्नुभएकाे थियाे ।  विकट पहाडी क्षेत्र त्यसमा पनि अपांगता भएकी मनिहाङ्माको अभिभावकत्व ग्रहण गरेपश्चात् मन्त्री घिमिरेले विराटनगर ल्याएर उनको स्वास्थ्य परीक्षण गरेर कृतिम खुट्टा लगाउन सहयोग गर्नुभएकाे हाे ।  आफूले कृतिम खुट्टा पाएपछि खुसी लागेको मनिहाङ्माले बताउनुभयाे ।सामाग्री हस्तान्तरण पछि मन्त्री घिमिरेले कानूनको अभाव र कार्यक्षेत्रको निक्र्यौल अझै हुन नसकिरहेको बेला संघीय सरकारले दिएको रकमबाट अपांगताको क्षेत्रमा मन्त्रालयले सामान्य सहयोग गरेको जानकारी दिनुभयाे ।  सामाजिक विकास मन्त्रालयको २४ लाख सहयोगमा पहिलो चरणमा १२ जना अपांग भएकाहरूलाई कृतिम उपकरण वितरण गरिएको सिविआर विराटनगरकी रञ्जना बडालले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्