शव बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

<span class='c1'>शव बोकेको एम्बुलेन्स दुर्घटना</span> <span class='c2'>हुँदा एकको मृत्यु</span>

महाेत्तरी, ६ जेठ ।  काठमाडौंबाट शव बोकेर महोत्तरीको खयरमारातर्फ जाँदै गरेको एम्बुलेन्स बर्दिवास–१ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्।

बा८च ८७४९ नम्बरको एम्बुलेन्स पूर्वपश्चिम राजमार्गमा ना७ख ६७६५ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

एम्बुलेन्समा सवार बर्दिवास–११ खयरमाराका ४८ वर्षीया हेमकुमारी गौतमको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

सोही एम्बुलेन्समा सवार हेमकुमारीका दाजु दधिराम र अम्बिका गौतम घाइते छन् । उनीहरूको टाउकोलगायत शरीरका विभिन्न अंगमा चोट लागेको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

दमको दीर्घरोगी ८४ वर्षीया आमा मदममाया गौतमको काठमाडौंको सुन्धारास्थित बीपी मेमोरियल अस्पतालमा उपचारक्रममा शनिबार मृत्यु भएपछि गौतम दाजुबहिनी एम्बुलेन्समा आमाको शव लिएर घर आउँदै थिए।

पीडित परिवारका अनुसार अगाडि गुडिरहेको ट्रकले बर्दिवासको होटल प्लाजा नजिक अकस्मात् ब्रेक लगाएपछि पछाडिबाट एम्बुलेन्स ठोक्किएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्