जंगली विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु

<span class='c1'>जंगली विषाक्त च्याउ खाँदा</span> <span class='c2'>लमजुङमा तीन जनाको मृत्यु</span>

लमजुङ, ६ जेठ । जंगलको विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु भएको छ ।

जंगली च्याउबाट गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको मृत्यु भएको हो । सुलबहादुरकी श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । बैशाख २७ गते शुक्रबार जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।

अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंस्थित नेशनल अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुरलाई बिहीबारदेखि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो ।

उपचारको क्रममा सुलबहादुरको छोरा मन्तोषको नेशनल अस्पतालमा गत बिहीबार नै मृत्यु भएको थियो । उपचार सम्भव नभएपछि काठमाडौंबाट घर फर्काइएका साजनको गत सोमबार गाउँमै मृत्यु भएको क्व्हालासोंथर गाउँपालिका ९ गिलुङका वडाध्यक्ष नन्दजङ गुरुङले बताए ।

प्रहरीका अनुसार साजनको बुवा रामबहादुर क्षेत्री र आमा तारा क्षेत्री उपचारको क्रममा पोखरा गएको र घरमा एक्लै हुने भएपछि साजनलाई छिमेकी सुलबहादुर क्षेत्री र सरिताको घरमा बस्न लगाइएको थियो । स्वास्थ्यर्कीहरुका अनुसार जंगली च्याउ प्रायः खाने खालका हुँदैनन् । च्याउ चिनेर मात्रै खानुपर्ने उनीहरुको सुझाव छ । च्याउमा भएको विषालु केमिकलले सुरुमा झाडापखला र बान्ता एकैचोटि गराउँछ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका मेडिकल अधिकृत सुलोचन पन्तका अनुसार विषाक्त च्याउको विष रगतमा फैलिए मानिसको बाँच्ने सम्भावना कम हुन्छ । विषालु केमिकलले मिर्गौला निष्क्रिय बनाउँदा मृत्यु हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्