प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गर्ने पक्राउ

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु</span> <span class='c2'>भनेर कमेन्ट’ गर्ने  पक्राउ</span>

काठमाडौं, ६ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर पक्राउ गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा नेपाली खबर नामक वेवसाइटमा शेयर गरिएको एउटा कन्टेन्टमा उनले त्यस्तो कमेन्ट लखेका थिए ।

‘५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भनेर प्रकाशित सामग्रीमा सलिम यान्जन तामाङ भाइ नामक आइडीबाट उनले ‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेका थिए ।

सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश राखेर सर्वसाधारणमा भ्रम र त्रास फैलाउन खाजेको आरोपममा उनीविरुद्ध साइबर अपराध कसुर अन्तरगत मुद्दा चलाउन लागिएको छ ।  अनलाईन खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्