विराटनगरको ऐतिहासिक जुट मिलमा राजनितिक संग्रहालय राख्ने निष्कर्ष

<span class='c1'>विराटनगरको ऐतिहासिक जुट मिलमा</span> <span class='c2'>राजनितिक संग्रहालय राख्ने निष्कर्ष</span>

विराटनगर, ६ जेठ ।
विराटनगरमा राजनितिक संग्रहालय स्थापनाका निम्ति सम्भाब्यता अध्यनगर्न गठित कार्यदलले बिभिन्न सरोकारवालाहरुसँग सुझाव लिने कामलाई तिब्र पारेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ले गठन गरेको कार्यदलले विभिन्न चरणका आन्दोलनमा सहभागि भएका विराटनगरका अग्रज ब्यक्तित्वहरुसंग छलफल गरेको हो ।
कार्यदलले विक्रम सम्बत २००३ सालमा विराटनगरबाट शुरु भएको मजदुर आन्दोलन र २००७ सालमा भएको राणा शासन बिरोधी शसस्त्र आन्दोलनका साक्षीहरुसंग पनि सुझाव संकलन गरेको छ ।
छलफलमा स्वतन्त्रता सेनानी तोरेन्द्रमान सिंह प्रधान, राधाप्रसाद घिमिरे, विश्वराज पाण्डे, विमला पाण्डे, नारायणप्रसाद श्रेष्ठ, श्यामबहादुर लिम्बु र दिपक लोहनी सहभागि थिए । कार्यदलका संयोजक ओमनाथ कोइरालाले आन्दोलनमा योगदान दिएका र अनुभव गरेका ब्यक्तिहरुसँग तत्कालिन अवस्थाका बिषयमा जानकारी लिन छलफल गरिएको जानकारी दिए ।
संकलित सुझाव र सहभागि ब्यक्तित्वले चित्रण गरेको सो समयको अवस्था लिपीबबद्ध गर्नुका साथै भिडियो रेकर्ड गराएर दस्तावेजकारुपमा राखिने कार्यदलका सदस्य मोहन भण्डारीले बताए ।
विराटनगरमा राजनितिक संग्रहालय स्थापना गर्ने उद्धेश्यले अध्ययनगर्न चैत १८ गते सामाजिक विकास मन्त्रालयले १५ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले विराटनगरको रानीमा रहेको आन्दोलनको उद्गमस्थल, ऐतिहासिक जुट मिलमा राजनितिक संग्रहालय राख्ने निष्कर्ष निकालेको कार्यदल सदस्य एवम पत्रकार यज्ञप्रसाद शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्