राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा ४७ नयाँ सडक परियोजनाको काम सुरु

राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा ४७ नयाँ सडक परियोजनाको काम सुरु

विराटनगर, ७ जेठ। तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ रहेको राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा थप ४७ नयाँ सडक परियोजनाको काम सुरु भएको छ ।

तराई–मधेस विषेश पूर्वाधार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षदेखि यी दुई जिल्लाका दक्षिणी क्षेत्रका सडकहरुलाई राष्ट्रिय राजमार्गसँग जोड्न ३८ वटा सडक आयोजना थप भएका हुन् । सबै सडक अहिले निर्माणको चरणमा छन् ।

दुवै जिल्लाको दक्षिण इलाकाका बासिन्दालाई राष्ट्रिय राजमार्गको पहुँचमा जोड्न चालु आर्थिक वर्षमा नयाँ आयोजना थपिएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ । चालु आर्थिक वर्षदेखि त्यही आयोजनालाई तराई–मधेस विशेष पूर्वाधार सडक कार्यक्रमअन्तर्गत राखिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुमनराज न्यौपानेले जानकारी दिए । अनलाईन खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्