विराटनगरको बुधनगरमा ८५ बर्षिया वृद्धा बलात्कृत, आरोपमा नाती पक्राउ

विराटनगरको बुधनगरमा ८५ बर्षिया वृद्धा बलात्कृत, आरोपमा नाती पक्राउ

प्रेम देवान ।
विराटनगर, ७ जेठ । पछिल्लो समय एकपछि अर्को गर्दै बलात्कार, हत्याहिंसाका घटनाहरु सार्बजनिक भईरहेको छ । तिनै घटना मध्ये एउटा पत्याउन नै नसक्ने खालको घटना सार्बजनिक भएको छ । त्यो घटना हो, ‘नाताले हजुरआमा पर्ने ८५ वर्षिया वृद्धालाई एक पुरुषले बलात्कार गरेको ।’

नाताले हजुरआमालाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले ती नातीलाई पक्राउ गरिसकेको छ । विराटनगर १८ बुधनगरमा बस्दै आएकी बृद्धालाइ एक पुरुषले बलात्कार गरेको आरोपमा ३१ बर्षिय ति पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यलय रानी विराटनगरले पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाएको छ।
घटनाको प्रकृति
महिलाका श्रीमान् ५ बर्ष अगाडि नै सवारी दुर्घटनामा ज्यान गुमाई सकेका छन् । भने आफ्ना छोरा छोरी छैनन् । आफन्त कोही नभएकी ति बृद्धा ससुरा पट्टीको साईनो लाग्ने भतिजोको घरमा विगत २५ वर्षदेखि बस्दै आएकी थिईन् ।
घटना गत बैसाख ५ गतेको भएपनि घटना एक महिनापछि मात्र सार्बजनिक भएको हो । ति महिलालाई बलात्कार गर्ने व्यक्ति तिनै भतिजोका छोरा हुन् । ति महिलालाई भतिजोको छोराले गत वैसाख ५ गते घरमा श्रीमती र छोराछोरी माईत गएका बेला यौन दुब्र्यबहार गरेको छिमेकीले बताए । उनीमाथि भएको घटनाको बारेमा केहीदिन पछि मात्र छिमेकीसँग सुनाएको छिमेकी बताउँछन् ।
यसरी एकपछि अर्को गर्दै वृद्धामाथि यौन दुव्र्यवहार भएको घटना टोलभरी हल्ला भएको थियो । हल्ला भएसँगै यौन दुब्यवहार गर्ने ब्यक्ति फरार भए । तर पछि प्रहरीले खोजतलास गर्दै जाँदा बैशाख २९ गते पक्राउ गरेको थियो । हाल उनी ईलका प्रहरी रानी विराटनगरले नियन्त्रणमा छन् ।
छिमेकी के भन्छन् 
सोच्नै नसक्ने घटना यसरी आफ्नो टोलमा सार्वजनिक भएपछि स्थानियवासी, वुद्धिजीवी, राजनितीक दल, पीडित र पीडक समेतको पञ्चायत बसेको थियो । पञ्चायत भेलामा पीडित महिलाले आफू माथि भएको सबै घटना सुनाएकी थिईन् । राती रक्सी पिएर आएको ति पुरुषले आफू माथि गर्नै नहुने व्यवहार गरेको रुदै सबैका सामु सुनाएकी थिईन् । पञ्चायत बसेका बेला ति नाती पर्ने ब्यक्तिले आफूबाट गल्ती भएको स्वीकारेका छन् ।
के भन्छन् आफन्त 
आवर विराटनगरको टिमले पुरुषका परिवारलाई पनि यस विषयको यथार्थ सोधेको थियो । ति पुरुषका बुुबाले भने ‘म साईलो छोरासँग बस्छु मलाई केही थाहा छैन ।’
गाउँमा छोराले यस्तो गरेको हल्ला आएपछि आफु छक्क परेको बताए । घटना भएको दिन आफू घरमा नभएको उनको भनाई छ। पक्राउ परेका ब्यक्तिकी भाउजु भन्छिन्, ‘मेरो देवर त्यस्तो छैनन्, सबैगाँउलेले फसाउन खोजेको हो ।’
२५ बर्षदेखी भतिजोको घरमा बस्दै आएकी ति महिला उक्त घरमा आफू असुरक्षित रहेको महसुस गरेपछि अहिले स्थानिय छिमेकीको घरमा बस्दै आएकी छिन् ।
प्रहरीको यस्तो दाबी 
ति पुरुषको बारेमा ईलाका प्रहरी कार्यालय रानीमा गत २९ गते जाहेरी आएपछि तत्काल प्रहरीले पक्राउ गरेको छ । आरोप लागेपछि पक्राउ गरेपछि मेडिकल रिर्पोट समेत गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरुषको बारेमा प्रहरीले अनुसन्धान पछि जवरजस्ती करणी ऐन अन्तरगत मुद्धा चलाईसकेको जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी नवराज ढुङगानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्