विराटनगरको बरगाछी देखि रोडशेष सडक बर्षा शुरु हुनु पुर्ब कालोपत्रे सक्ने तयारी

विराटनगरको बरगाछी देखि रोडशेष सडक बर्षा शुरु हुनु पुर्ब कालोपत्रे  सक्ने तयारी

विराटनगर, ७ जेठ ।
विराटनगर स्थित बरगाछी देखी रोडशेषसम्मको भागमा बर्षाको समय अगाडि नै कालोपत्रे गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । यसका लागि रात र दिन दुवै समय काम गर्ने ठेकेदार कम्पनी टुन्डीरमनका इन्जिनियर आनन्द ठाकुरले बताए ।

मेयर पराजुलीले सिक्सलेन आयोजनाको काममा भइरहेको ढिलासुस्तिले विराटनगरका सहायक मार्ग निर्माणमा समेत ढिलाइ भएका जानकारी दिँदै तत्काल काम थालेर अन्त्य गर्न आग्रह गरे ।
महानगगरका सहायक मार्गमा जोडिएका सवै सडक जोडिने स्थानमा कल्भर्ट निर्माणमा भएको ढिलाइका कारण डुवान समस्या सिर्जना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।

आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सवै शाखा बाटोहरु क्लियर नहुदा पानि जम्ने खतरा बढेको छ । बर्षाको समय नजिकिदै जाँदा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आफुले परियोजनालाई जानकारी गराएको मेयर पराजुलीले बताए ।
परियोजनाका प्रमुख बद्रीप्रसाद शर्माले विराटनगर रानी, इटहरी, धरान सडक आयोजना अन्तरगत सडकका भागहरु खण्डिकरण गरी विभिन्न समयमा टेन्डर लागेकाले कामको प्रकृति केही ढिलो हुन गएको स्पष्ट पारे । बर्षाको समय अगावै खास, खास समस्याग्रस्त क्षेत्रमा द्रुतगतिमा काम गरिने शर्माले प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्