पाँचथर हत्याकाण्ड : प्रदेश सरकारले बालिकाको उपचार गर्ने, दोषी कानुनी दायरामा आउने

पाँचथर हत्याकाण्ड : प्रदेश सरकारले बालिकाको  उपचार गर्ने, दोषी कानुनी दायरामा आउने

विराटनगर, ७ जेठ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेका धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जना सदस्यको हत्या भएको बारेमा प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीद्धारा मंगलवार जारी गरिएको बिज्ञप्तीमा घटना बारेमा सत्य तथ्य र प्रभावकारी अनुसन्धानका लागि प्रदेश प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो तथा सम्बन्धित जिल्लाका सुरक्षा निकायलाई घटना स्थलमा परिचालन गरिसकिएको उल्लेख गरिएको छ ।

घटना स्थलमा अनुसन्धानका लागि सुरक्षा अधिकारीहरु सहितको टोली घटना स्थलमा परिचालन भईसकेको र घटनाको बारेमा अनुसन्धान भईरहेको प्रवक्ता कार्कीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । ‘घटना पछि मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उनीहरुका आफन्तजन, नातागोता, ईस्टमित्र, गाउँघर र स्थानीय बासिन्दाहरुलाई धैर्यधारण गरी संयमता अपनाउन तथा अनुसन्धानमा आ–आफ्नो ठाउँबाट सहयोगका लागि प्रदेश सरकार अपिल गर्दछ’, जारी बिज्ञप्तीमा भनिएको छ ।
त्यस्तै घटना स्थलबाट भाग्न सफल भई ज्यान जोगाएकी १२ बर्षिय घाईते बालिका सीता खजुमको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै निजको उपचारको सम्पुर्ण खर्च प्रदेश सरकारले गर्ने तथा घटनामा संलग्न जो कोही अपराधिलाई कानुनको दायरामा ल्याई कार्वाही गर्ने प्रवक्ता कार्कीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्