अलविदा डा. विमल अग्रवाल , विराटनगरका लोकप्रिय बालरोग विशेषज्ञ डाक्टरको निधन

अलविदा डा. विमल अग्रवाल , विराटनगरका लोकप्रिय बालरोग विशेषज्ञ डाक्टरको निधन

विराटनगर जेठ ८ , केही समयदेखि विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा रहेेेेका विराटनगरका लोकप्रिय डाक्टर बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको मंगलबार राति निधन भएको छ ।

उनको मंगलबार राति करिब साढे १० बजे निधन भएको पारिवारिक श्र‍ोतले जनाएको छ  ।

६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४० वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर नोबेल अस्पताल पुगेका थिए ।

नोबेल अस्पतालका चिकित्सकले डा. अग्रवालको ब्रेेेन डेड भइसकेको बताएका थिए ।

पुर्वमै लोकप्रिय उनको विराटनगरको जहदा रोडमा घर रहेको छ भने उनका श्रीमती र एक छोरी छन् । उनी विभिन्न सामाजिक संस्थामा पनि आबद्ध थिए । सबैसँग घुलमिल हुने तथा राम्रो व्यवहार गर्ने उनको व्यक्तिगत स्वभाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्