राष्ट्रियसभामा रसायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग

राष्ट्रियसभामा  रसायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ, ९ जेठ ।
राष्ट्रियसभाका सांसदहरुले कृषकहरुलाई तत्काल रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

त्यसैगरी राष्ट्रिय सभाका सांसदहरुले जंगली हात्ति नियन्त्रणका लागि आवश्यक प्रविधिको विकास गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । आज राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद विन्दादेवी आले रानाले २ महिनायता अभाव देखिएको रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

उहाँले तत्काल रासायनिक मलको व्यवस्था नगरे कृषकहरु मारमा पर्नेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो । सांसद विना पोखरेलले जंगली हात्तिका कारण जनधनको क्षति हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक प्र्रविधिको विकास गर्न सरकारसँग माग गर्नुभयो । उहाँले जंगली हात्तिले मानिसको समेत ज्यान लिने गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नभएको आरोप पनि लगाउनुभयो । सांसद डा. विमला पौडेल राईले सबै स्थानीय तहमा मानसिक अस्पतालको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्