फलोअप–विराटनगर–ईटहरी ६ लेन सडकको लापरवाही, सडक बिचका पोल उखेलिने

फलोअप–विराटनगर–ईटहरी ६ लेन सडकको लापरवाही, सडक बिचका पोल उखेलिने

विराटनगर, ९ जेठ ।
रानी–बिराटनगर–ईटहरी–धरान ६ लेन सडक अन्तरगत निर्माणको काम जारी छ । त्यही क्रममा कतिपय कामहरु धमाधम भईरहेको छ भने केही कामहरु झारो टार्ने खालका देखिएका छन् । नमुना ब्यापारिक मार्ग निर्माणको काम एक त ढिला भएको छ भने भएको काममा पनि मनलाग्दी हुन थालेको समाचार आवर विराटनगर डट नेटमा आएपछि बिद्युत् प्राधिकरणको चासो गएको हो ।

समाचार सार्बजनिक भएपछि ६ लेन सडकको भर्खरे बनाईएको सडकको बिच भागमा नै बिजुलीको पोल राखेर कालोपत्रे गरिएपछि यो बिषय अहिले सबैको टाउको दुखाईको बनेको छ । ठेक्का सम्झौतामा नै नपरेको क्रसिङको बिषय ठेक्का लगाउँदा देखि नै ध्यान नदिएको देखिएको छ । ठेक्कामा छुटेको कारण ठेकेदार कम्पनीले यो काम नगरेर कालोपत्रे गरेको भन्दै सडक बिस्तार आयोजना र बिद्युत् प्राधिकरणसम्म यो बिषय पुगेको हो ।

रानी–धरान ६ लेन सडक निर्माणको काम २०६९-७० को बजेट पछि शुरु भएको हो । तर बजेट आउने र निर्माण हुने क्रम लामै समय भएपनि अहिलेसम्म कुनै ठाउँमा काम पुरा भएको छैन । एक त ठेकेदार कम्पनीले मनपरी गरेको छ भने अर्को तर्फ अनुगमनको काम पनि फितलो भएको स्थानीयको बुझाई छ । टंकीसिनवारीका स्थानीय कपिल सुनारले काममा लापरवाही भएको बताए । यो निर्माणको क्रममा भएका कामलाई धेरै हेर्नै पर्दैन, बिराटनगरको ढाटदेखि टंकी चोकसम्मको सडकलाई हेरे पुग्छ । यहाँका आधा दर्जन बढी पोलहरु सडकको बिचमा नै छाडेर कालो पत्रे गरिएपछि परियोजना नै जिम्मेवार नदेखिएको सुनारले आरोप लगाए ।
ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता गर्दा बिद्युत क्रसिङको कुरा उल्लेख नभएपछि यो समस्याको रुपमा देखिएको हो । आरके विल्डर्स ठेकेदार कम्पनीका कर्मचारी माधव पोखरेलले सम्झौतामा क्रसिङको कुरै नभएको दाबी गरे ।
तरपनि ठेकेदार कम्पनी कामलाई सक्छु नै भनिरहेको छ । आएका समस्या समाधान गरिदिए काम पुरा गर्न समस्या नभएको बताउँदै आएको छ । अबको काम पुरा गर्दा डिभाईडरमा एउटा र दुई छेउमा १÷१वटा पोल रहने छ । त्यसको उचाई भनेको १३ मिटरको हुनेछ । तर डिभाईडर भनेको सडकको बिच भाग नै हो । सडकको बिच भागमा नै पोल गाडेर तत्काललाई समस्या समाधान निकाल्ने दाउमा परियोजना र विद्युत् प्राधिकरण छन् । आयोजनाका ईन्जिनियर गौतम कुमार देवले तत्काल डिभाईडरमा पोल नगाड्ने हो भने समस्याको समाधान ननिस्कले बताए ।

एकले अर्कोलाई आरोप लगाउने र आफु पञ्छिने प्रबृतिका कारण निर्माणाधिन सडकका कामहरु बेला बेला विवादमा पर्दै आएका छन् । ठेक्का लगाउने, सम्झौता गर्ने र कार्यान्वयन भए नभएको सबै काम भनेको ६ लेन सडक आयोजनाको नै हो । तर समस्या आएपछि जोडिने भनेको सम्बन्धित कार्यालयहरु पनि हुन् ।
विवादसँग जोडिएको विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र ठेक्का प्याकेजमा लगाईएकोले यो बिषय आफ्नो नभएको दाबी गर्दै आएको छ । कार्यालयका प्रमुख राजिवकुमार सिंहले सुपरभिजन र लाईन सटडाउन गर्ने मात्र काम आफ्नो भएको बताए । सिंहका अनुसार, ‘मेरो जिम्मेवारी हैन भनेर चुप लागेर बस्ने कुरा आउँदैन काममा हेलचेक्रयाई भयो भने त्यसलाई ब्यवस्थित गर्नै पर्छ ।’ यो समस्या चाँडै समाधान गर्नको लागि लागिपरेको छु, सिंहले भने, अबको केही दिन भित्रमा बिच सडकको पोल उखेलिने छ ।
विजुलीका पोलसँग सम्बन्धित निर्माण सामाग्री मैनावती र पाथिभराले ढुवानी गर्दै आएको छ । तरसामाग्री ति कम्पनीले सहजै उपलब्ध नगराउँदा पनि समस्या देखिएको बताईन्छ ।
विराटनगरमा भएको छलफल पछि अब सामाग्री केही दिन भित्र झारेर काम शुरु गर्ने तयारीमा सडक बिस्तार आयोजना लागेको भएपनि काम पुरा हुने हो हैन भन्नेमा आशंकै छ । अनी सडकमा डिभाईडरको बिचमा गाडिने पोल कति नियमानुसार हुन्छ त्यो बिषय पनि गम्भीर बनेको छ ।  सुमन सुस्केरा/ओबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्