विराटनगरमा ११ हजार भोल्टको हाईटेन्सन लाईनमा करेन्ट लागेर वृद्धको मृत्यु

विराटनगरमा  ११ हजार भोल्टको हाईटेन्सन लाईनमा करेन्ट लागेर  वृद्धको मृत्यु

विराटनगर, ९ जेठ । विराटनगर –१० स्थित न्युरो अस्पताल नजिकै करेन्ट लागेर विहिबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । ७२ वर्षीय काँशीनाथ ताम्राकारको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै २ तले घरको छत नजिकैबाट लगिएको हाइटेन्सन लाइनमा करेन्ट लागेर ताम्राकारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार घरमा कोही नभएको मौकामा दाहिने हातमा जीआई पाईप वाधेर आत्माहत्या गर्न खोजेको जस्तो देखिएको प्रहरीको प्ररम्भीक अनुसन्धानबाट खुलेको छ । करिब पौने २ मिटर लामो दुरीमा रहेको ११ हजार भोल्ट रहेको तारलाई छुन पुग्दा करेन्ट लागेर ज्यान गएको श्रेष्ठले बताए ।
करेन्ट लागेर हात पूरै डढेको छ । मृतक ताम्रकारको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ भने घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ताम्राकारका एक छोरा र एक छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्