विराटनगरका प्रविण सहित २ जना आईटिएफ अन्तराष्ट्रिय अम्पायर कोर्स लिन मलेसिया प्रस्थान

विराटनगरका प्रविण सहित २ जना आईटिएफ अन्तराष्ट्रिय अम्पायर कोर्स लिन मलेसिया प्रस्थान

काठमाडौँ, ९ जेठ । मलेसियामा हुने आइटिएफ अन्तराष्ट्रिय अम्पायर कोर्समा सहभागी हुन जाने दुई सदस्यीय नेपाली टोली त्यसतर्पm प्रस्थान गरेको छ ।

मलेसियाको सरावाकस्थित कुचिङमा मे २४ देखि २६ सम्म हुने अन्तराष्ट्रिय अम्पायर कोर्सका लागि नेपाल आइटिएफ महासंघका रेफ्री चेयरम्यान प्रविणकुमार कार्की र सदस्य घमबहादुर थापामगर त्यसतर्पm प्रस्थान गरेका हुन् । उनीहरूलाई विहिबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार बिष्ट र आइटिएफ महासंघका उपाध्यक्षद्वय अन्जुनाथ श्रेष्ठ र विजय श्रेष्ठ लगायतले बिदाई गरेका हुन् । प्रविण र घमले आइटिएफ अन्तराष्ट्रिय तेक्वान्दो फेडेरेसनका उपाध्यक्ष एवं अम्पायर कमिटीका अध्यक्ष ग्रान्डमास्टर लियोन वाई मेङसँग कोर्स लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्