दाईजो नदिएको भन्दै बेहुली मण्डप मै छाडेर भाग्ने जहदाका लक्ष्मण राजवशी प्रहरीको खोरमा

दाईजो नदिएको भन्दै बेहुली मण्डप मै छाडेर भाग्ने जहदाका लक्ष्मण राजवशी प्रहरीको खोरमा

विराटनगर,९ जेठ । बिहेमा दाइजो नदिएको भन्दै मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीले पक्राउ गरेको छ ।
मोरङ जहदा गाउपालिका वडा नं. ४ बस्ने वर्ष २४ को लक्ष्मण राजवंशीलाई मोरङ प्रहरी पक्राउ गरेको हो ।

परम्परागत रुपमा गत जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशी माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गरेका थिए ।
उनले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल दिनुपर्ने भन्दै दबाब दिए तर बेहुली पक्षले दिन नसक्ने भनेपछि उनी विवाहको मण्डप नै छाडेर भागेको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रष्ेठले जानकारी दिए ।
आर्थिक अवस्था न्यून भएकोले माग भए बमोजिमको सामग्री दिन नसक्ने केटी पक्षकाले बताएपछि बेहुला पक्ष बेहुलीलाई मण्डपमै छाडेर हिँडेका राजवंशीलाई बुधबार पक्राउ गरिएको हो ।
बेहुलालाई बेहुली पक्षको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको प्रहरीले जनाएको छ । डिएसपी घनश्याम श्रेष्ठका अनुसार ‘राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसूर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्