प्रवासी नेपालीद्धारा विराटनगरकी दुवै हात गुमाएकी मेघा घिमिरेलाई एक लाख सहयोग

प्रवासी नेपालीद्धारा विराटनगरकी दुवै हात गुमाएकी मेघा घिमिरेलाई एक लाख सहयोग

प्रेम देवान
विराटनगर, ९ जेठ । करेन्ट लागेर दुवै हात गुमाएकी विराटनगरकी मेघा घिमिरेलाई प्रवासी नेपालीहरुले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

स्वीडेनमा बसोबस गर्ने नेपालीहरुले मेघाको उपचारकालागि भन्दै संकलन गरेको १ लाख रकम उनीहरुले प्रतिनिधि मार्फत मेघाको घरमै पठाएका हुन् ।
धरान ११ की सामाजिक अभियन्ता शिव वान्तवा र शोभा लिम्बु राईले मेघाको विराटनगर ८ हाटखोलास्थित घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरे । वान्तवाले अमेरीकामा बसोबास गर्दै आएकी धरान १५ की सोबिना सुब्बाले सामाजिक संजाल मार्फत स्वीडेनमा बस्दै आएका नेपालीहरुबाट संकलन गरेको रकम पीडितलाई उपलब्ध गराइएको बताए । उनले मेघालाई कृत्रिम हात लगाउन स्वीडेनमा बस्ने ३९ जना नेपालीहरुबाट सो रकम संकलन गरिएको वान्तावाले जानकारी दिए ।
हस्तान्तरण गरिएको रकमले मेघाको हात लगाउन थोरै भएपनि सहयोग पुग्ने उनको भनाई छ । पीडित मेघाले देशविदेशबाट सहयोग रकम आउने क्रम जारी रहेको बताउंदै हालसम्म ५१ लाख बढी रकम संकलन भइसकेको जानकारी दिइन । २०७२ साल पुष २५ गते करेन्ट लागेर दुवै हात गुमाउन पुगेकी थिईन् ।
उनलाई स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन । आदर्श उच्च माध्यमिक विद्यालयमा अध्यनरत मेघाले सहयोगी मार्फत भर्खरै कक्षा ११ को परीक्षा दिएकी छिन । लामो समयदेखि हातविहीन भएपछि उनले खुट्टाले नै लेख्ने बानीको बिकास समेत गरीसकेकी छिन । घरको छतमा लुगा सुकाउने क्रममा हाइटेन्सनको तारमा करेन्ट लागेर उनको हात गुमेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्