देशको पूर्वी भेगमा दिउँसो पानी पर्ने सम्भावना

<span class='c1'>देशको पूर्वी भेगमा  </span> <span class='c2'>दिउँसो  पानी पर्ने सम्भावना</span>

काठमाण्डौ, १० जेठ ।  आज दिनभर काठमाण्डौलगायत मध्य भेगको मौसम बद्ली हुँदै खुल्नेछ भने बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

यस्तै देशको पूर्वी भेगमा भने दिउँसो पनि पानी पर्ने सम्भावना छ । वायुमण्डलको तल्लो भेगबाट आएको जलवास्पयुक्त हावाका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

तराइका भेगमा भने आज दिनभर मौसम सफा रहने पनि मौसमविद् नगरकोटीले बताउनुभयो । पानी नपर्ने भएकाले तराइका भेगमा भने गर्मी हुने सम्भावना छ  भने पहाडी भेगमा केही शीतल हुने अनुमान रहेको पनि मौसमपुर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्