बिराटनगरका युवाले सुरु गरेको “श्रीयोग डटकम” ले हजारौ नेपाली युवालाई रोजगारी दिदै

बिराटनगरका युवाले सुरु गरेको “श्रीयोग डटकम” ले हजारौ नेपाली युवालाई रोजगारी दिदै

बिराटनगर जेठ १० ,

बिराटनगरका युवाले सुरु गरेको "श्रीयोग डटकम" अहिले देशभर चर्चामा रहेको छ । बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुलाई सीप र अनुभवको उचित प्रयोगमा गरेर श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिएको छ।

तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस् । रोजगारीको अबसर पाउन थाल्नु हुनेछ  ।

बेरोजगार युवा जनशक्तिलाई लक्षित गरेर श्रीयोगले पोर्टल सञ्चालनमा ल्याएको हो । यसमा विभिन्न पेशासँग मिल्ने योग्यता बनाउने ब्यक्तिहरुले आफ्नो नाम, सम्पर्क नम्बर तथा ठेगाना लिस्टिंग गराउन सक्नेछन् । फुर्सदको समयलाई राम्रो कुरामा ब्यतित गर्दा समयको सदुपयोग साथै पैसा पनि कमाइ हुने हुन्छ। यो सानो प्रयासले देशमा विद्यमान वेरोजगारी समस्यालाई धेरै हदसम्म कम गर्ने भएकाले यो कार्य सामाजिक सेवाकै एक पहल हो ।

बिराटनगरका युवाहरु प्रकाश उप्रेती र इश्वर भण्डारीले संचालनमा ल्याएको उक्त साइटले छोटो समयमा नै धेरैलाई रोजगारी दिन सफल भएको छ ।

किन श्रीयोग डट कम?

जो सँग पनि केही न केही सीप अवश्य नै हुन्छ, नभएको खन्डमा सीप पहिचन गर्नु पर्छ वा सम्बन्धित ठाउँ बाट सीप बिकासको तालिम लिनु पर्छ ।

हरेक कुरा गुगलमा भेटिदैन, न फेसबुकमा न लिन्कडिनमा वा अरु कुनै ठाउँमा , सानो भन्दा सानो कामले पनि रोजगारीको अवसर प्रदान गर्छ अनि त्यो रोजगारीले आम्दानीको स्रोत साथै काममा अझै दक्ष बनाउछ ।

आफूले खोजेको बेला न काम पाइन्छ न काम गराउने मान्छे नै , यही गहन समस्यालाई समाधान गर्ने उद्वेश्य हो श्रीयोगको, वेबसाइट, मोबाइल याप्स, टोल्फ्री नम्बर, एस.एम.एस., साथै अन्य थुप्रै मध्यमबाट प्रबिधिको प्रयोग गरी कामको सिर्जना श्रीयोगले गर्दछ ।

श्रीयोगका संस्थापक प्रकाश उप्रेतीका अनुसार रोजगारी खोजी रहेका जनशक्तिहलाई सीपका आधारमा श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिने छ । श्रीयोगमा सूचीकृत हुन उमेर हद छैन । बच्चादेखि बृद्धसम्मले श्रीयोग डट कमको सेवा लिन सक्नेछन् । श्रीयोगले वेबसाइट, मोबाइल एप्स, टोलफ्री नम्बर, एसएमएसको माध्यमबाट सेवा उपयोग गर्न सकिने ब्यवस्था गरेको छ ।

काम गर्ने सीप भएका, कुनै तालिम लिएका, कामको खोजीमा अलमलिएका व्यक्तिलाई रोजगारी दिने छँदैछ, श्रीयोगले विदेशमा बस्नेहरुलाई समेत सीपअनुसार काम खोज्ने प्लेटफर्म उपलब्ध गराउँने बताएको छ । श्रीयोगले ५० मुख्य सहरहरुमा १०० समूहमा १०० व्यक्तिहरुको विवरण राखेर पाँच लाख व्यक्तिहरुलाई आंशिक समय रोजगारी दिने योजना बनाएको श्रीयोगका संस्थापक प्रकाश उप्रेतीले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्