विराटनगर महानगरपालिका सहित चार स्थानीय तह खुल्ला दिसामुक्त हुन सकेन

विराटनगर महानगरपालिका सहित चार स्थानीय तह खुल्ला दिसामुक्त हुन सकेन

विराटनगर, १० जेठ ।
मोरङ जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि अभियान तिब्र पारिएको छ ।

१७ स्थानीय तह रहेको मोरङमा ४ वटा स्थानीय तह अहिले पनि खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको छ । बाँकी रहेका स्थानीय तहहरुमा बिराटनगर महानगरपालिका सहित जहदा, कटहरी र बुढीगंगा गाउँपालिका रहेका छन् ।

अभियानलाई सफल पार्ने क्रममा शुक्रवार बिराटनगर महानगरपालिका वडा नम्बर १८ मा सचेतना मुलक अभियान संचालन गरिएको छ ।  झटियाहीमा रहेको जनक आधारभुत बिद्यालयका बालबालिकाले सचेतना मुलक र्याली निकालेका थिए । पानी वातावरण र जीवन संस्थाको समन्वयमा बालबालिका मार्फत अभिभावकमा शौचालयको महत्वको बारेमा बुझाउन र दवाव सिर्जना गर्न सचेतना मुलक र्याली निकालिएको संस्थाका कार्यकारी निर्देशक सरद पराजुलीले जानकारी दिए ।

त्यस्तै शुक्रवार नै बुढीगंगा गाउँपालिका खुल्ला दिसामुक्त हुँदैछ । गाउँपालिकामा बाँकी रहेको वडा नम्बर २ का चर्पी निर्माण पुरा भएसँगै गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिन लागेको हो । नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदारले गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गर्नेछन् ।
मोरङ जिल्लालाई यही जेठ मसान्त भित्र खुल्ला दिसामुक्त घोषणा गर्नका लागि तिब्र रुपमा अभियान संचालनमा रहेको छ । त्यसको लागि समन्वयको काम पहिला देखि नै सरसफाईको क्षेत्रमा काम गर्दै आएको वेल लगायत संस्थाले स्वयमसेवी भुमिका निभाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्