गरिखानेको कथा : बिराटनगरमा जुत्ता चप्पल सिलाएर जीविकोपार्जन गर्दै प्रमोद

गरिखानेको कथा : बिराटनगरमा जुत्ता चप्पल सिलाएर जीविकोपार्जन गर्दै प्रमोद

बिराटनगर जेठ १० , 

बिराटनगरमा बिगत २४ बर्ष देखि जुता, चप्पल सिउने काम गर्दै आएका छन् प्रमोदले । ३३ बर्षिय प्रमोदले ९ बर्षको कलिलो उमेर देखि नै आफ्ना बुबासंग बसेर उक्त काम गर्दै आएका छन् । उनि बिराटनगरको ट्राफिक चोकमा बसेर जुता, चप्पल सिलाउने गर्छन । उनको पसल कोशी पुस्तकको अगाडि, ट्राफिक चोकमा रहेको छ ।

"पैसा कमाउन विदेश नै जानु पर्दैन , नेपालमा नै आफ्नो काम मेहनत गरेर गर्ने हो भने सफलता पाउन सकिन्छ" उनि भन्छन । आफ्नो बाउ बाजेको पालादेखि चलि आएको यो कामलाई उनले कहिले सानो मानेनन् । लगातार आफ्नो काममा लागिरहे र आफ्नो जीविकोपार्जन यहिँ व्यवसायबाट चलाईरहेका छन् उनि । उनि मासिक १५ हजार सम्म कमाउने गर्छन् ।

उनको धोको छ उनको छोराछोरीलाई पढाएर ठुलो मान्छे बनाउने । छोराछोरीलाई पढाउँन कै लागि उनले दैनिक मेहनत गर्ने गरेको बताउछन । सडकमा उक्त पसल राख्दा धेरै समस्या भोगेको उनि सम्झन्छन् । प्रस्तुति : प्रेम पारख 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्