पाँचथर हत्याकाण्डः यसरी गरेछन् मानसिक रोगी माखिमले ९ जनाको हत्या

पाँचथर हत्याकाण्डः यसरी गरेछन् मानसिक रोगी माखिमले ९ जनाको हत्या

पाँचथर १० जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला परेको छ । प्रहरीले उक्त घटनाका मुख्य अभियुक्त मानेको सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् । मानबहादुर माखिमले विगत दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । प्रहरीले उनको घरबाट केही औषधि र औषधिका खोल फेला पारेको छ ।

यस्तै घटना भएको बिहान ३ बजे माखिमले भतिजो पर्ने नेलकल माखिमलाई आफू मोरङमा रहेको र अपरझट काम परेकाले रु पाँच हजार सापटी दिन भनेको नेलकलले प्रहरीलाई बताएका छन् ।

श्रीमती मनकुमारीसँग सम्बन्ध विच्छेद गर्न नमानेका मानबहादुरको श्रीमतीसँग भने सधैँ झगडा हुने गरेको उनका आफन्तले प्रहरीलाई बताएका छन् । उनी बाहिर सोझो र समझदार देखिने तर रक्सी पिएपछि आक्रमणमा उत्रने स्वभाव रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक पौडेलले बताए ।
सञ्चारपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्