विराटनगरको कोशी अञ्चल अस्पतालमा दैनिक ३० बढी मानसिक रोगी आउँछन्

विराटनगरको कोशी अञ्चल अस्पतालमा दैनिक ३० बढी मानसिक रोगी आउँछन्

विराटनगर, ११ जेठ ।
पारिवारिक तनाव, बेरोजगारी र आर्थिक संकटलगायतका कारण नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएको पाइएको छ ।

कोशी अञ्चल अस्पतालमा आउने बिरामीको चापको आधारले पनि मानसिक रोगी बढ्दै गएको पुष्टि हुन्छ । विगतमा ५–६ जना मात्रै आउने अस्पतालमा हिजोआज दैनिक ३० जनाभन्दा बढी मानसिक रोगी आउने गरेका छन् । बेरोजगारी, गरिबी, आर्थिक अभावलगायतका कारण समाजमा मानसिक रोगीको संख्या बढ्दै गएको कोशी अस्पतालका मेसु डा. रोशन पोखरेलले बताउनुभयो । उहाँले कोशी अस्पताल र क्लिनिकमा गरी दैनिक ७० जनाभन्दा बढी बिरामी आउने गरेको जानकारी दिए ।
अनावश्यक तनाव नलिन र जीवनलाई सहज रुपमा स्वीकार्न सकेमा मानसिक रोगबाट बच्न सकिने उनले सुझाव दिए । उनले मानसिक रोग नभएर समस्या भएको बताउँदै नियमित औषधि सेवन गरे समस्याबाट मुक्त हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्