सुदूरपश्चिममा गएराति भूकम्पको धक्का महसुुस, ४ दशमलव ३ रिक्टर स्केल मापन

सुदूरपश्चिममा गएराति भूकम्पको धक्का महसुुस, ४ दशमलव ३ रिक्टर स्केल मापन

बैतडी । सुदूरपश्चिममा गएराति भूकम्पको धक्का महसुुस गरिएको छ । शनिबार राति ९ः८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ रिक्टर स्केलको परकम्प गएको हो ।

यसअघि गत चैत २६ गते पनि बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको थियो । यसका साथै चैत ४ गते पनि भारत र चीनको सीमा आसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार तीनपटक परकम्प गएको थियो ।
गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्