दमकका एक ट्याक्सी चालक जसले भेटिएको २९ हजार प्रहरीलाई बुझाए

<span class='c1'>दमकका एक ट्याक्सी चालक जसले </span> <span class='c2'>भेटिएको  २९ हजार प्रहरीलाई बुझाए</span>

दमक, १२ जेठ । सडकमा भेटिएको रकम झापा दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक-१ घर भएका प्रह्लाद गौतमले दमकचोकको ट्याक्सी पार्कमा शनिबार दिउँसो भेटेको २९ हजार इलाका प्रहरी कार्यालयमा बुझाएका हुन् ।

हराएको व्यक्तिले आफनो रकम दाबी गरे रकम फिर्ता गरिदिने शर्तमा गौतमले प्रहरी नायव निरीक्षक रामप्रसाद भट्टराईलाई उक्त रकम बुझाएका हुन् ।  सडकमा छरपस्ट अवस्थामा भेटिएको पैसा बटुलेर सम्बन्धित व्यक्तिसम्म पुर्याउन प्रहरीमा बुझाएको गौतमले बताए। सडकमा भेटिएको रकम यसरी बुझाएर चालक गौतमले इमान्दारी देखाएको प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले बताए । भेटिएको रकम बुझाउन चालक गौतमसँगै जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम र सञ्चारकर्मी प्रहरी कार्यालयमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्