विराटनगरमा रहेको बाग्मती प्लाष्टोटेकका मजदुर आन्दोलित, राज्यले तोकेको सेवा सुबिधाको माग

<span class='c1'>विराटनगरमा रहेको बाग्मती प्लाष्टोटेकका मजदुर आन्दोलित,</span> <span class='c2'>राज्यले तोकेको सेवा सुबिधाको माग</span>

प्रेम देवान
विराटनगर, १२ जेठ ।
विराटनगर १३ मा रहेको बाग्मती प्लाष्टोटेकमा कार्यरत श्रमिक आन्दोलित भएका छन् । सरकारले तोके अनुसारको सेवासुविधा नदिएको भन्दै उनीहरु हड्तालमा उत्रिएका हुन् ।

बाग्मती प्लाष्टोटेक ईडष्ट्रिज प्रा.लि.ले सरकारले तोके बमोजिमको तलव नदिएपछि आईतबारदेखि अनिस्चतकालिन हड्तालमा उत्रिएको उनीहरुको भनाई छ ।
कम्पनीमा कार्यररत १९ जना मजदुरहरुले १२ बुदें माग अगाडि सार्दै आन्दोलनको घोषणा गरेका छन् । श्रमिकहरुले कम्पनीलाई पटक – पटक आफूहरुको समस्याको बारेमा जानकारी गराउँदा पनि कुनै सुनुवाई नगरेपछि हड्तालमा उत्रिनु परेको मजदुरको भनाई छ ।
श्रमिकका समस्या सुनाउँदा सुनुवाई नभएको तथा तलव माग्दा उल्टै व्यवस्थापन पक्षले कामबाट निकाल्ने धम्की दिँदै आएको समाजवादी लोकतान्त्रीक टे«ड युनियन ईकाइ कमिटिका अध्यक्ष कुलदिप यादवले बताए । कम्पनीका लागि काम गर्न चाहिने आवश्यक पोसाक, मास्क, जुत्ता जस्ता सामाग्री उपलब्ध नगराउँदा काम गर्न गाह्रो हुने गरेको यादवले गुनासो गरे । कम्पनीले विभिन्न पदमा बिना श्रम स्वीकृती भारतबाट कामदार मगाएर कम पारिश्रमिकमा काम गराउँदै आएको यादवको भनाई छ ।
यस अघि कम्पनीले श्रमिकहरु प्रति चरम शोषण गरेको बारे आवाज उठाउँदा उल्टै ८ जना मजदुरलाई कम्पनीबाट समेत निश्कासन गरेको मजदुरहरुको आरोप छ । श्रमिकहरुले काम गरिरहेको सबै कर्मचारीलाई श्रम ऐन अनुसार नियमित कर्मचारीको रुपमा नियुक्त गरिनु पर्ने, श्रम ऐनले तोकेको सबै सेवा सुविधा उपलध गराउनु पर्ने, भत्ता पाउनु पर्ने, ओभर टाइम गरेको पारिश्रमिक श्रम ऐनले तोकेको अनुसार पाउनु पर्ने, जीवन बिमा गराउनु पर्ने, श्रम ऐन लागु हुनु पर्ने जस्ता माग अगाडि सार्दै आन्दोलनमा उत्रेका छन् । समाजवादी लोकतान्त्रीक टे«ड युनियन महासंघ प्रदेश नम्बर एकका सचिव राजेश कुमार यावदले कम्पनीले मजदुरहरुको मागहरुलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रीने चेतावनी दिए ।

बाग्मती प्लाष्टोटेक ईडष्ट्रिज प्रा.लि.का संचालक अमित राठीले केही कर्मचारीहरुको कारण उद्योग नै बन्द गराईएको बताए । निश्काशनमा परिएका कर्मचारीहरुको म्याद सकिएको र त्यसैको आधारमा म्याद नथप्दा उनीहरुले फेरी म्याद थप गर्न भनेपछि कम्पनीले सबैलाई बोलाएको तर बोलाउँदा ४ जना काममा फर्किएपनि ४ जनाले आन्दोलन गरेको राठीले बताए । ‘सबैलाई काममा बोलाईएको थियो र केही फर्किए ४ जनाले आन्दोलन गरे, राठीले भने, ‘हामीले नेपाल सरकारले ब्यवस्था गरेको सेवा सुबिधा सहित काममा राखिएको छ ।’ कम्पनीले अहिले दैनिक ५१७ रुपैयाँ दै्रनिक पारिश्रमिक दिँदै आएको छ । त्यसमा थपेर सञ्चयकोष लगायतका सामाजिक सुरक्षाको ब्यवस्था गरे अनुसारको सेवा सुबिधा श्रमिक तथा मजदुरले पाउँदै आएको राठीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्