‘टाइम बम’ बनाउँदा विस्फोट, नख्खुको एनसेल आक्रमणमा संलग्‍नको मृत्यु

<span class='c1'>‘टाइम बम’ बनाउँदा विस्फोट, नख्खुको</span> <span class='c2'>एनसेल आक्रमणमा संलग्‍नको मृत्यु</span>

काठमाडौं, १२ जेठ । राजधानीका दुई स्थानमा भएको विस्फोट टाइम बम बनाउने क्रममा भएको खुलासा प्रहरीले गरेको छ ।

खाना पकाउने ग्यास सिलिन्डरलाई टाइम बम बनाउने क्रममा प्राविधिक गडबडी भइ दुवै स्थानमा विस्फोट भएको प्रहरीले सुरुवाती निचोड निकालेको छ।  प्रहरी उच्च स्रोतका अनुसार टाइम बम बनाउने क्रममा पड्किँदा घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको एक तल्ले घर र सुकेधारास्थित शैलुनमा टाइम बम बनाउने क्रममा तीनजनाको ज्यान गएको हो।

प्रहरी स्रोतले यी विस्फोटमा मारिनेमा नेत्रविक्रम चन्द 'विप्लव'निकट नेवा: मुक्तिमोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनसहित तीनजना रहेका जानकारी दिएको छ।  ज्यान गुमाउने महर्जन नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा एकजनाको ज्यान जाने गरी भएको घटनामा संलग्नमध्ये एक थिए । यो घटनामा प्रहरीले महर्जनलाई खोजीको सूचीमा राखेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्