प्रदेश १ को चौथो अबिधेशन आजदेखि शुरु हुँदै, सत्तारुढ नेकपा संसदीय दलद्धारा बजेट बारे छलफल

<span class='c1'>प्रदेश १ को चौथो अबिधेशन आजदेखि शुरु हुँदै,</span> <span class='c2'>सत्तारुढ नेकपा संसदीय दलद्धारा बजेट बारे छलफल</span>

विराटनगर, १३ जेठ ।
प्रदेश १ सभाको चौथो अधिवेशन आजदेखि सुरु हुदैछ । दिउ“सो १ बजेकालागि प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले बजेट अधिवेशन आव्हान गर्नुभएको हो ।

आईतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख प्रा.डा तुम्बाहाङले पठाएको अधिवेशन आव्हानको पत्र पढेर सुनाइने र सबै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तयार गरेको छ ।
सत्तारुढ संसदीय दल बैठक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा चौथो अधिवेशन र सुरु हुने पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम निर्माण र बजेट निर्माणका क्रममा सक्रिय सहभागी हुने निर्णय गरेको छ । दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशनका क्रममा प्रदेश सभा सदस्यहरुले खेल्नुपर्ने भूमिका र बजेटका सैद्धान्तिक पक्षहरुको विषयमा तयारी गर्न आग्रह गर्नु भएको थियो । अघिल्लो वर्ष धेरैतिर छरिएर बजेट आएकाले लक्ष्य प्राप्तिमा समस्या भएको बताउ“दै मुख्यमन्त्री राईले यस पटक स्पष्ट योजनामा आधारित भएर बजेट ल्याउने बताउनु भयो । विकास योजना प्रस्ताव गर्दा व्यक्तिगत चाहाना भन्दा जनताको आवश्यकताल्ाँई मध्यनजर गर्दै तीनै तहका सरकारस“ग समन्वय गरेर कार्यक्रम छनौट गर्न उहाँले सांसदहरुलाई आग्रह गर्नुभयो । प्रदेशसभा सदस्यहरुले बोल्ने क्रम जारी रहेकोले दलको बैठक स्थगित गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्