विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने ढाटमा शंकास्पद बस्तु फेला, बम भएको आशंका

<span class='c1'>विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने </span> <span class='c2'>ढाटमा शंकास्पद बस्तु फेला, बम भएको आशंका</span>

विराटनगर, १३ जेठ । मोरङका बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन् ।

विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला परेको हो ।

बिहान प्रेसर कुकर जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरीको टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको बिशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो ।बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ ।
रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो ।

उक्त कुकरभित्र बिस्फोटक पदार्थ भए नभएको यकिन हुन सकेको छैन । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुगिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्