पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) समूहका ७ कार्यकर्तामाथि प्रहरीले थप अनुसन्धान गर्दै

पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) समूहका ७ कार्यकर्तामाथि प्रहरीले थप अनुसन्धान गर्दै

काठमाडौं जेठ १३ । काठमाडौंको कोटेश्वरबाट प्रेसर कुकरसहित पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव)समूहका ७ जना कार्यकर्तामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेकाहरुसँग प्रहरीले प्रारम्भिक बयान लिएको छ । उनीहरुले राजधानीका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आजै अदालतमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

पक्राउ पर्नेहरुमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिराम पुन, बुद्धिबहादुर सुनार, राकेश श्रेष्ठ, चित्रकमल ओली र डम्बरबहादुर तामाङ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ वटा प्रेसर कुकर, चन्द समूहको ब्यानर, पर्चा, केही किताब र कागजात बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्