बिराटनगरमा आज बिहान राखिएको बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पार्यो

बिराटनगरमा आज बिहान राखिएको बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पार्यो

बिराटनगर जेठ १३ , बिराटनगरमा आज बिहान राखिएको बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बुढीगंगाबाट विराटनगर महानगरपालिका प्रवेशद्धारमा भेटिएको बम सुर्यदल थलाहा ब्यारेकको डिस्पोजल टोलीलले निष्कृय पारेको हो  । आज बिहानै शंकास्पद वस्तु भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । डीएसपी श्रेष्ठका अनुसार नेपाली सेनाको टोलीले उक्त वस्तु बम नै रहेको पुष्टि गरेको छ ।

बिराटनगरमा बम भेटिएपछि विहानैदेखि प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको विशेष टोलीले विहान ९ बजे तिर निष्कृय पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्