बन्दमा विद्यालय खोलेको भन्दै विप्लव कार्यकर्ताले कुटे

<span class='c1'>बन्दमा विद्यालय खोलेको भन्दै</span> <span class='c2'>विप्लव कार्यकर्ताले कुटे</span>

जाजरकोट, १३ जेठ । नेत्रविक्रम चन्द विप्लव समुहका कार्यक्रताले जाजरकोटको भेरी नगरपालिका–७ मा बन्दको दिन विद्यालय खोलेको भन्दै स्थानीय बुद्धि शाही र नरेश शाहीलाई कुटपिट गरेका छन्।

फ्नो पाटीले गरेको बन्द अटेर गर्दै सरस्वती प्राथमिक विद्यालय सञ्चालन गरेको आरोप लगाउदै खड्क सिंहको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।   विप्लव कार्यकर्ता सिंहको नेतृत्वको १२ जना भन्दा बढीको समुहले आक्रमण गर्दा नरेश शाही गम्भिर घाइते भएका छन् ।

बुद्धि शाही सामान्य घाइते भएको फोनमा जानकारी आएको जाजरकोट प्रहरी प्रमुख श्याम खत्रीले बताए। घटनापछि जगतीपुर प्रहरी कार्यालयबाट, सदरमुकामबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी त्यहाँ परिचालित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्