स्थानीय तहसम्म ‘हेल्लो सरकार’ सञ्चालनमा ल्याउने तयारी

स्थानीय तहसम्म ‘हेल्लो सरकार’ सञ्चालनमा ल्याउने तयारी

काठमान्डौ जेठ १४ ,

सरकारले स्थानीय तहसम्म ‘हेल्लो सरकार’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल सङ्घ र प्रदेश तहमा सञ्चालन भइरहेको ‘हेलो सरकार’लाई सरकारले केन्द्रीय निकाय, जिल्ला समन्वय समिति र स्थानीय तहमा समेत सञ्चालन गर्ने तयारी गरेको हो ।

सरकाले सुशासन प्रवर्द्धनका लागि हेलो सरकार प्रभावकारी माध्यम बनेको र हेलो सरकारमा आएका इमेल, फोन, फेसवुक, ट्वीटरमार्फत सरकारबाट प्रवाह हुने सेवा सम्बन्धमा प्राप्त राय/सुझाव, गुनासो, उजुरी सम्बन्धित मन्त्रालयबाट यथासक्य चाँडो सम्बोधन हुने गरेको उल्लेख गर्दै स्थानीय तहमा समेत यो सेवा सञ्चालन गर्न लागिएको हो ।

सरकारले  सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा सबै केन्द्रीय निकाय, ७७ वटै जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा हेलो सरकार सञ्चालन गर्न पोर्टल तथा युजर आईडी तयार भएको जनाइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्