प्रधानमन्त्री ओली नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने

<span class='c1'>प्रधानमन्त्री ओली नरेन्द्र मोदीको शपथग्रहण</span> <span class='c2'>समारोहमा सहभागी हुन नयाँदिल्ली जाने</span>

काठमाडौँ, जेठ १४ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन जेठ १६ गते बिहीबार नयाँदिल्ली जानुहुने भएको छ ।
भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १०देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको हो । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसहित १० देशका राजदूतलाई मन्त्रालयमा बोलाई त्यस्तो जानकारी दिइएको हो ।

मोदीले जेठ १६ गते साँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिदै हुनुहुन्छ । यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाउनुभएको थियो । यसपटक उहाँले बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिनुभएको हो ।
शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुहुनेछ ।
प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच जेठ १७ गते शुक्रबार द्विपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्