विराटनगरमा आएका सिटौलाले सरकारलाई भने ‘विप्लवलाई वार्तामा ल्याओस्’

<span class='c1'>विराटनगरमा आएका सिटौलाले सरकारलाई</span> <span class='c2'>भने ‘विप्लवलाई वार्तामा ल्याओस्’</span>

विराटनगर, १४ जेठ ।
विराटनगर आईपुगका नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विप्लब समुहलाई वार्तामा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।
विराटनगरमा मंगलबार प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले यस्तो बताउनु भएको हो ।

उहाँले सरकारले विप्लव समूहलाई सहमतिमा ल्याउन कुनै पहल नगरेको बताउनु भयो । १० वर्षे शसस्त्र जनयुद्धको दर्दनाक अवस्थाबाट बल्लतल्ल मुक्ति पाएका नेपाली जनता र देशले अब कुनै किसीमको हिंसा सहन नसक्ने उहाँको भनाइ थियो । नेता सिटौलाले विप्लब समुहले नेपालमा नयाँ ढंगले हिंसा र आतंक सुरु गरेको भन्दै चिन्ता समेत ब्यक्त गर्नुभयो ।

घटना घटिसकेपछि प्रतिक्रिया दिनुभन्दा वार्ताका लागि सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारको एक वर्षमा कुनै प्रगति हाँसिल गर्न नसकेको उहाँको टिप्पणी थियो । नेता सिटौलाले संंवैधानिक व्यवस्थाहरुलाइ मजदुब बनाउने बाटोमा वर्तमान सरकार हिड्न नसकेको बताउनुभयो ।

संविधानले स्वतन्त्र र निष्पक्ष न्यायालयको कल्पना गरेको न्यायालय लगाउत संवैधानिक निकायहरुलाई स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न नदिइएको उहाँले बताउनुभयो । कांग्रेसले सुरु गरेको जागरण अभियानले पार्टीलाई सकारात्मक उर्जा संचार गरेकाले यस विषयमा नकारात्मक टिप्पणी गर्न जरुरी नभएको उहाँले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्