विराटनगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त : सर्बसाधारणलाई सकस, कहाँ चुक्यो ट्राफिक प्रहरी

<span class='c1'>विराटनगरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त : सर्बसाधारणलाई</span> <span class='c2'>सकस, कहाँ चुक्यो ट्राफिक प्रहरी</span>

 प्रेम देवान/ विराटनगर, १४ वैसाख । विराटनगर प्रदेश नम्बर एकको स्थायी राजधानी हो ।

स्थायी राजधानीसँगै बिराटनगरको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुन थालेको छ। सवारीका चापहरु बढेका छन् भने सर्बसाधारणको आउजाउ बढ्नुले हरेक दिन ट्राफिक ब्यवस्थापनमा समस्या हुन थालेको छ ।

एकातर्फ विकासको काम जारी छ भने अर्को तर्फ बढ्दो जनसंख्याको चापका कारण ट्राफिक ब्यवस्थापनमा समस्या भएको हो । विराटनगरका मेन रोड मात्र हैन बजारका भित्री सडक पनि ट्राफिक जामका कारण अस्तव्यस्त हुने गरेका छन् ।

सबैभन्दा बढी अहिले विराटनगर महानगरपालिकाको कार्यालय दक्षिण गोल्छा चोक, वडा प्रहरी कार्यलय मोड, सातघुम्ती मोड, जलजला चोक तथा धरान – विराटनगर सडक खण्डमा बढी अस्तब्यस्त हुने गरेको छ । विराटनगरवासीहरु पनि पछिल्लो केही महिना देखि भनेको समयमा गन्तब्यमा पुगन छाडेका छन् । काठमाडौँ जस्तै विराटनगर पनि ट्राफिक जामको समस्या झेल्न थालेको छ ।

[caption id="attachment_86246" align="alignnone" width="1280"] विराटनगरको मेन रोडमा देखिएको ट्राफिक जाम ।
तस्वीर ः प्रेम देवान[/caption]

आफूले काम गर्ने कार्यलयमा समय मै नपुग्दा कर्मचारी तथा मजदुरहरु समयमा कार्यालय पुग्न नपाएको गुनासो गर्न थालेका छन् । सबैभन्दा बढी समस्या जिल्ला अदालत मोरङ परिसरमा समस्या देखिएको छ । उक्त स्थानमा चारै तिर एकै पटक खनिएका कारण कर्मचारी मात्र हैन सेवाग्राहीलाई समेत समस्या हुँदै आएको छ । चारैतिर खनिएका सडक अनी आउजाउ गर्दाको जामका कारण सेवाग्राही समस्यामा परेको सुनाउँछन् ।

दृष्य नम्बर १ :

मोरङको कटहरी गाँउपालिकाबाट आएका ४४ बर्षिया विमल चौधरी मंगलबार जिल्ला अदालत मोरङमा कामको सिलसिलामा आएका थिए । उनी देवकोटा चोकको बाटो खनिएका कारण उनलाई घुमेर हस्पिटलचोकको बाटो हुँदै अदालत पुग्नु थियो । उनी त्यही बाटो भएर उनलाई देवकोटा चोकबाट अदालत पुग्न हिँडेर जम्मा ३ मिनेटको बाटो हो तर उनलाई २० मिनेट बढी समय लाग्यो । उनलाई खनेर छाडिएको सडक र घुमेर जाँदाको तातो घामको पिडालाई सहँदै असिन र पसिनका बिच अदालतमा पुगे । घुमेर त्यहाँ पुगेका सेवाग्राही चौधरी मोटरसाईकल लिएर आएका थिए । तर उनले अदालत परिसरमा मोटरसाईकल पार्किङ गर्न पाएनन् । मोटर साईकल पार्किङ गर्ने स्थान नहुदाँ झन अर्को समस्या झेल्न बाध्य भए उनी अनी उनले नो पार्किङ लेखिएको स्थानमा आफ्नो मोटर साईकल राखे ।

 दृष्य नम्बर २ :

जिल्ला अदालत मोरङमा ईलाका प्रहरी कार्यलय वेलबारीको प्रहरीको भ्यान सहितको टोली आईपुग्यो । अभियुक्तलाई लिएर आएको प्रहरीको भेनलाई पनि आफ्नो गन्तव्यसम्म पुग्न निकै सकस प¥यो । जिल्ला अदालत मोरङ परिसरमा प्रवेश गर्न प्रहरीले रोडमा जथाभावी राखिएको मोटरसाईकललाई हटाउदै गाडी अगाडी बढाउँदै थियो । सडकको बाहिरी सडकमा राखिएका मोटरसाईकलका कारण समस्या भएको हो । प्रहरीको गाडी नै कार्यालय प्रवेशमा समस्या भएपछि केही प्रहरीहरु पनि त्यहाँ रिसाउँदै थिए । दुवै साईटमा राखिएका मोटरसाईकलका कारण साँगुरो सडकका बिचमा अदालत प्रवेश गराएको प्रहरीको गाडीले केही मोटरसाईकललाई ठेल्दै धकेल्दै भित्र लग्नु पर्ने बाध्यता आयो ।

सँगै रहेको नापी, मालपोत, सरकारी वकिल, उच्च सरकारी वकिलको कार्यालय एकै ठाउँमा भत्काएको सडकका कारण यो समस्या आएको हो ।

नो पार्किङमा पार्किङमा पार्किङ :

यी माथीका दुई परिदृष्य एक उदाहरण मात्र हुन् । जिल्ला अदालत मोरङ, मालपोत कार्यलय , भुमिसुधार कार्यलय, नेपाल टेलिकम, उच्च सरकारी वकिल कार्यलय आसपासका क्षेत्रको अबस्था यस्तै नै छन् । माथी उल्लेख गरिएका कार्यलय बाहिरका सडकमा सवारीका साधनहरु लम लागेर बसेका हुन्छन् । ट्राफिक प्रहरीले नो पार्किङका बोर्डहरु राखेता पनि त्यसको कुनै पालना गरिएको पाईदैन । नो पार्किङ लेखिएका बोर्ड हेरेर पनि नदेखे झै गर्छन् त्यहाँ पुगेका सेवाग्राही । न त त्यसको पालना गराउने ट्राफिक प्रहरी नै त्यहाँ पुगेको हुन्छ ।

[caption id="attachment_86247" align="alignnone" width="1032"] जिल्ला अदालत मोरङ परिसर बाहिर नो पार्किङको स्थानमा पार्किङ गरिएका सवारी साधन ।
तस्वीर ः प्रेम पारख[/caption]

ट्राफिक जाम हुनुका पछाििडका कारणहरु प्नि छन् । सवारी चालकका लापरवाहीका कारण नै अधिकांश ट्राफिक ब्यवस्थापनमा समस्या हुँदै आएको छ । नो पार्किङ लेखिएको स्थानमा पार्किङ राखिनु, एक त सडक सानो त्यो पनि सडकको दुवै भागमा मोटर साईकल पार्किङ गर्नु यी सरकारी कार्यालय आसपासका बिकराल समस्या हुन् । अनी ब्यवस्थित पार्किङ गर्ने ठाउँ पनि त छैन । सेवाग्राही भन्छन्, मनपरी राखेर भित्र जानु पर्छ बाहिर आउँदा मोटरसाईकल कहाँ पुग्छ पत्तै हुँदैन ।

 

जनशक्ति अभावको चपेटामा ट्राफिक :

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङमा विराटनगर महानगरभित्र २२ जनाको दरबन्दी छ । अहिले काजमा गरेर ३५ जना ट्राफिक प्रहरी फिल्डमा कार्यरत छन् । प्रदेश नम्बर एकको राजधानी घोषण भएसँगै सर्बसाधारणकोे चाप बढेको छ । सवारी साधनको पनि चाप उतिकै मात्रामा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिव कुमार पोखरेलको भनाई छ ।

[caption id="attachment_86243" align="alignnone" width="1032"] ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिव कुमार पोखरेल[/caption]

पोखरेलका अनुसार, राजधनी घोषणा भएसँगै पहिलेको तुलनमा केही सवारी साधनको चाप बढेका छन् । जनशक्ति पनि अहिले आवश्यकता भन्दा कम रहेको उनले जानकारी दिए । ‘हाम्रो जनशक्तीले जोगवनी बोर्डरदेखि नेमुवा र मिलन चोकसम्म भ्याउनु पर्ने भएका कारण अलिक समस्या देखिएको हो, उनले भने’ बजार क्षेत्रमा अलि बढी ट्राफिक जाम हुने भएकाले दुई – दुई जनासम्म ट्राफिक प्रहरी खटाउने गरेका छौ ।’ अहिले विराटनगर भित्र सडक तथा नाला निर्माणका कार्य भईरहेका कारण पनि ट्राफिक व्यावस्थापनमा समस्या आएको पोखरेको गुनासो छ । सडक निर्माणको काम सकिने बितिकै ट्राफिक ब्यवस्थापनमा समस्या कम हुने उनको निश्कर्ष छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्