विराटनगर र कटहरी बिचको सिँघीया खोला थुनेर जग्गा प्लटिङ

<span class='c1'>विराटनगर र कटहरी बिचको सिँघीया</span> <span class='c2'>खोला थुनेर जग्गा प्लटिङ</span>

विराटनगर, १४ जेठ । विराटनगर र कटहरी गाउँ पालिकाको सीमा भएर बग्ने सिंघीया खोलामा एक समूहले बाँध बाँधेर जग्गा प्लटिङ गरेको छ ।
विराटनगर–२ र कटहरी–१ को सीमाक्षेत्र भएर बग्ने सिंघीया खोलालाई छेकेर ८ जनाको समूहले जग्गा प्लटिङ सुरु गरेको हो ।
समूहले खोलाको प्राकृतिक धारलाई परिवर्तन गर्न तारजाली नै लगाएको छ । दुरसञ्चार प्राधिकरणमा आबद्ध कर्मचारीहरुको समूहले खोला किनारको जग्गा खरिद गरेर खोलामै प्लटिङ गरेको हो ।
कटहरी–१ मा २०४९ सालमा २ विगाह ९ कट्टा १० धुर जग्गा खरिद गरेको समूहले आफ्नो जग्गा खोलामा परेको भन्दै बहाव नै छेकेर प्लटिङ थालेको हो । खोलामा पुल बनेपछि जग्गाको भाउ आकाशिएको कारण उनीहरूले खोलाको बहाव परिवर्तन हुनेगरी बाँध बाँधेका हुन् । दुई वर्षअघि संघिया खोलामा आएको बाढीका कारण विराटनगर जलमग्न भएको थियो । सामान्य पानी पर्दा जलमग्न हुने विराटनगरको १ र २ को वडा जोखिममा छन् ।
प्लटिङ गरिएको जग्गा दुरसञ्चारका कर्मचारीहरु राजेश साफकोटा, गोकर्ण माझी, अमरनाथ झा, ज्ञानशुल्क अधिकारी, महेन्द्र यादव, राजेन्द्र चौधरी, धनेश्वर साह, हेमनारायण अचार्यको नाममा छ । उनीहरूले ६५ मिटरभन्दा बढी बाँध बाँधेका छन् । उनीहरुले दुई मिटर जग्गा खोलामा छाडेर बाँध बाँधेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्