फेरी अर्को अमानवीय घटना : आफ्नै ७ महिनाकी छोरीको कुटपिट गरी हत्या , आमा पक्राउ

<span class='c1'>फेरी अर्को अमानवीय घटना : आफ्नै ७ महिनाकी</span> <span class='c2'>छोरीको कुटपिट गरी हत्या , आमा पक्राउ</span>

सल्यान जेठ १५ , सल्यानमा सात महिनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो ।

 

 

सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । हत्या आरोपी आमालाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्