विप्लव कार्यकर्ताको कुटपिटबाट दुई जना घाइते

<span class='c1'>विप्लव कार्यकर्ताको कुटपिटबाट</span> <span class='c2'>दुई जना घाइते</span>

सिन्धुली, १५ जेठ ।  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सिन्धुलीमा ‘विप्लव समुह’ प्ररित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका दुई जनालाई कुटपीट गरी सख्त घाइते बनाएका छन्।

विप्लव समुहका १५ जना बढी कार्यकर्ताको एक समूहले गत मंसिर २० गते विप्लव समूह छाडेर नेकपामा प्रवेश गरेका हरिहरपुरगढी गाउँपालिका ७ क्यानखोला निवासी ३५ वर्षीय हरिकृष्ण घिमिरे र उनकी ३० वर्षीय श्रीमती गंगा सापकोटालाई कुटपीट गरी सख्त घाइते बनाएका हुन्।  कुटपीटबाट घिमिरेको देव्रे हात र सापकोटाको दाइने हात भाँचिका छन् भने शरीरभरी गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिँहले जानकारी दिए। ‘घटनाबारे गाउँपालिकाका अध्यक्ष कार्साङ लामाबाट जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय कपिलाकोटबाट गएको  प्रहरी टोलीले घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा पठाइएको छ’।

प्रहरी उपरीक्षक सिंहले भने।  घिमिरे विप्लव समूहको जनकपुर व्यूरो सदस्य तथा सिन्धुली जिल्लाको सेक्रेटरीबाट महोत्तरी सरुवा भइ केही समय त्यहाँ काम गरेका थिए। तर पछिल्लो सयम विप्लवका हिंसात्मक गतिविधि बढ्दै गएको र त्यस्ता गतिविधि मन नपरेपछि उनी उक्त पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्।  घिमिरे दम्पतीलाई विप्लवको बन्दका दिन सोमबार साँझ हरिहरपुरगढी गाउँपालिकाको कार्यालय झनझनेबाट योजनाको काम सकेर घर फर्कदै गर्दा वडा नम्बर –२ को जखौली चुरेमा मार्ने उद्देश्यले कुटपिट भएको पाइएको प्रहरी उपरिक्षक सिंहले बताए।

घाइतेले आज जाहेरी दर्ता गर्ने  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको कुटपीटबाट घाईते भएका घिमिरे दम्पतीले बुधवार कुटपीटमा संलग्न विप्लवका कार्यकर्ताविरुद्ध जाहेरी दर्ता गर्ने बताइएको छ। उपचारका लागि हेटौडामा रहेका घाइते घिमिरे दम्पती बुधवार हेटौडाबबाट फर्कने र बुधवार नै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आएर जाहेरी दिने बताएको उपरिक्षक सिंहले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्