‘ १३ महिनासम्म आफ्नो विवेकले भ्याएसम्म अपराध अनुसन्धानमा गम्भिर भएर काम गरें’ : एसपी केसी

<span class='c1'>‘ १३ महिनासम्म आफ्नो विवेकले भ्याएसम्म अपराध अनुसन्धानमा</span> <span class='c2'>गम्भिर भएर काम गरें’ : एसपी केसी</span>

विराटनगर, १५ जेठ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले मोरङ जिल्लामा रहँदा आफ्नो विवेकले भ्याउनजेलसम्म अपराध नियन्त्रण र अनुसन्धानको काम गरेको बताउनुभएको छ ।


जिल्ला प्रहरी कार्यलय परिसरमा बुधबार विहान आयोजित पत्रकार सम्मेलनमा एसपी केसीले अपराध अनुसन्धानको कार्यमा गम्भिर भएर अनुसन्धानका कार्यलाई सफल पारेको समेत बताउनुभयो ।
एसपी केसीको पालामा विराटनगरकी ११ वर्षीय बालिका रुपमति दासको बलात्कारपछि हत्या भएको घटना र मोरङको पथरीशनिश्चरे–१ मा रिना बस्नेत मृत्यु प्रकरणको सफल अनुसन्धानका कारण एसपी केसीको चर्चा छ । त्यो बाहेक गुण्डागर्दी नियन्त्रण, सामाजिक तथा अन्य जघन्य प्रकृतिका अपराधको अनुसन्धान, सीमा अपराध नियन्त्रण, लागुऔषध र अवैध हतियार ओसारपासरको नियन्त्रण एवं सीमा क्षेत्रबाट हुने अवैध चोरी तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका रहेर काम गरेको केसीले उल्लेख गर्नुभयो ।
आफू मोरङमा रहँदा अन्य प्रहरी अधिकारी जस्तो आर्थिक प्रलोभनमा नपरेको र कोही कसैको दबाब नमानिकन कानुन अनुसार प्रहरी–नागरिक सम्बन्ध सुधारमा काम गरेको बताउनुभयो ।
केसीका पालामा ल्याइएका आधा दर्जन अभियानहरु अपराध नियन्त्रण, अनुसन्धान र शान्त समाज निर्माणका लागि निक्कै प्रभावकारी बनेका थिए । एसपी केसीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय काठमाडौं सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्