बजेटमा युवा : ८३ हजार युवालाई सीपमूलक तालिम प्रदान गर्ने

<span class='c1'>बजेटमा युवा : ८३ हजार</span> <span class='c2'>युवालाई सीपमूलक तालिम प्रदान गर्ने</span>

काठमान्डौ जेठ १६ , सरकारले आगामी अार्थिक वर्ष २०७६/०७७ का लागि विनियाेजन गरेकाे बजेटमा युवाका लागि स्पष्ट कुनै पनि शीर्षकमा बजेट छुट्याएकाे छैन ।

शिक्षा शीर्षक अन्तरगत ८३ हजार युवालाई सीपमूलक तालिम प्रदान गर्ने बजेट वक्तव्यमा उल्लेख छ । सरकारले यसका लागि प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद र व्यवसायिक शिक्षा तथा तालीम अभिवृद्धि योजनामार्फत आगामी आर्थिक वर्षमा ८३ हजार युवालाई विभिन्न सीपमूलक तालीम प्रदान गर्न रु. १ अर्ब ७२ करोड विनियोजन गरेको हाे ।

तर युवा शीर्षक अन्तरगत भने युवाहरुलाई परिचालनमा जाेड दिइएकाे छ । युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन आगामी आर्थिक वर्ष युवा परिचालन वर्षको रुपमा मनाइने बजेट वक्तव्यमा उल्लेख छ । यसै अभियान मार्फत लैङ्गिक, जातीय र छुवाछुत लगायत सामाजिक विभेदको अन्त्य गर्न जनचेतना जगाउने जस्ता कार्य गरिने तथा संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद र विभिन्न गैरसरकारी संस्थाहरुबाट युवा परिचालन मार्फत मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षारोपण जस्ता कार्य गरिने समेत उल्लेख छ ।

यसैगरी युवा स्वरोजगार कोष र राष्ट्रिय युवा परिषदको संस्थागत संरचना परिवर्तन गरी रोजगारी सिर्जना प्रभावकारी बनाइने तथा युवाहरूको प्रतिभा पहिचान, परिचालन र प्रवर्द्धनका लागि नियमित रूपमा सिर्जनात्मक गतिविधि सञ्चालन गरिने समेत बजेट वक्तव्यमा भनिएकाे छ । युवाहरूले व्यवसायिक नेतृत्व लिने गरी क्षमता अभिवृद्धि र सूचनामा पहुँच अभिवृद्ध गरिनुका साथै आगामी वर्ष ‘युवा वैज्ञानिक सम्मेलन’ समेत आयोजना गरिने उल्लेख छ ।

एक अर्काे बुँदामा ‘सङ्घीय लोकतान्त्रिकक गणतन्त्रको प्रवर्द्धन गर्दै राष्ट्रिय हितप्रति समर्पित युवा जनशक्ति विकास र परिचालनका लागि राष्ट्रिय सेवा दलको भूमिकालाई स्थानीयस्तर सम्म विस्तार गरिने’ उल्लेख छ ।

यसका अतिरिक्त युवाहरुलाई शिक्षा, कृषि, स्वास्थ्य, खेलकुद, वातावरण तथा विज्ञान प्रविधि शीर्षकमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सम्बाेधन गरिएकाे छ । प्राविधिक विषयमा स्नातकोत्तर तथा स्नातक युवालाई शिक्षक विद्यार्थी अनुपात  धेरै भएका र गणित, अंग्रेजी र विज्ञान शिक्षक नपुग भएको विद्यालयमा स्वेच्छिक रुपमा शिक्षण स्वयमसेवकको रुपमा परिचालन गरिने बताइएकाे छ । सामूहिक, सहकारी, कबुलियती र करार खेतीमा युवाहरूलाई प्रोत्साहित गर्न रु ५० करोड अनुदानको व्यवस्था गरिएकाे छ भने युवा तथा खेलकुद क्षेत्रमा  रु ३ अर्ब ९९ करोड विनियोजन गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्