देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने

<span class='c1'>देशका धेरै ठाउँमा मेघगर्जन</span> <span class='c2'>र हुरीबताससहित पानी पर्ने</span>

काठमाण्डौ, १८ जेठ । अबको तीन दिन काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले सफा रहेको उपत्यकाको मौसम पनि दिउँसो ३–४ बजेतिर बदली भई पानी पर्नेछ । तर उपत्यकाका कुनै ठाउँमा पानी परे पनि कुनै ठाउँमा भने पानी नपर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै कुनै ठाउँमा ठूलो पानी परे पनि कुनै ठाउँमा फाट्टफुट्ट मात्र पानी पर्नेछ । दिउँसोभन्दा बेलुकीतिर धेरै पानी पर्ने मौसमविद् बासीको अनुमान छ । पानी परेपछि देशभरि नै लगातार बढेको तापक्रम थोरै भए पनि घटेर केही राहत मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्