विराटनगरमा जारी राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता : मोरङ बहिरा क्रिकेट संघ उपाधि नजिक

विराटनगरमा  जारी  राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता :  मोरङ बहिरा क्रिकेट संघ  उपाधि नजिक

विराटनगर, १८ जेठ। घरेलु टोली मोरङ बहिरा क्रिकेट संघ विजयी हुँदै उपाधि नजिक पुगेको छ ।

विराटनगरमा शनिबार भएको १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा रुपन्देही बहिरा क्रिकेट संघलाई हराउँदै मोरङ फाइनलमा पुगेको हो । प्रतियोगिता अन्तर्गत मोरङ र रुपन्देहीबीच भएको खेलमा मोरङ ६ विकेटले विजयी भई फाइनलको यात्रा तय गरेको हो । उपाधि जितका लागि मोरङले भोलि काठमाडौंसँग प्रतिस्पर्धा गर्दैछ ।

तेस्रो स्थानका लागि आइतबारै झापा र रुपन्देहीबीच खेल हुने छ । राष्ट्रिय बहिरा क्रिकेटले आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १ सय २८ रन बनायो ।

जसमा केशव न्यौपाने ३७ रन, होमबहादुर केसी २१ र जयेन्द्र तिवारीले १६ रनको योगदान गरे । बलिङमा मोरङका लालन चौधरीले ३ र मोहमद साबिरले २ विकेट लिए ।

१  सय २९ रनको विजय लक्ष्य पछ्याउँदै मैदनामा उत्रेको मोरङले ४ विकेटको क्षतिमा १६ ओभर २ बलमा १ सय ३२ रन बनाउँदै जितेको हो । जसमा अमृत तामाङले ४१ रन, म्यान अफ द म्याच मोहमद साबिरले २३ र ज्ञानबहादुर थापाले १९ रन बनाए । बलिङमा होमबहादुर केसीले २ विवेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्