मकवानपुर,१९ जेठ । मकवानपुरको गढी गाउँपालिका – ५ बुङदल देउरालीमा शनिबार राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।
चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर स्थानीय कान्छीमाया स्याङतान घाइते हुनुभएको छ । उहाँको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।