अब अमेरिकाको भिसाका लागि यस्तो नयाँ नियम लागु

<span class='c1'>अब अमेरिकाको भिसाका लागि</span> <span class='c2'>यस्तो नयाँ नियम लागु</span>

काठमाडौं जेठ १९ । अमेरिकाको भिसाका लागि निवेदन दिनेहरुले आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरणसमेत पेश गर्नुपर्ने भएको छ ।

अमेरिकी विदेश विभागले भिसाका लागि निवेदन दिने व्यक्तिले सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका ईमेल आइडी र फोन नम्बरहरु पेस नियम जारी गरेको हो ।

गतवर्ष यस सम्बन्धी प्रस्ताव पेश गरिएका बेला यसबाट वार्षिक १ करोड ४७ लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो ।

केही कूटनीतिक र सरकारी अधिकारीले भने भिसा निवेदन दिँदा यस्तो जानकारी पेश गर्नुपर्ने छैन ।

तर काम तथा अध्ययनका लागि अमेरिका जान चाहनेले भने सम्पूर्ण जानकारी पेश गर्नुपर्ने छ ।

अमेरिकी नागरिकको सुरक्षाका लागि स्क्रिनिङ प्रक्रिया परिस्कृत गर्ने योजना अनुसार नयाँ नियम लागू गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्